एकात्मक र सामन्ती राज्य विस्तारमा पृथ्वीनारायणको योगदान छः प्रचण्ड

भरतपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् ।
चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहले सामन्ती राज्य विस्तार गरेको बताएका हुन् ।
नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको केन्द्रिकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।’
प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण राष्ट्रिय एकताको नेतृत्व गरे वा राज्य मात्र विस्तार गरे भन्ने बहसकै विषयको भएको बताए ।
‘पृथ्वीनारायणलले भुरेटाकुरे राज्यहरुलाई केन्द्रिकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ,’ प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहले राज्य विस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सहि निष्कर्षमा पुग्न सकिन्छ ।’




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal