एमालेमुक्त मधेस बनाउछौ भन्नेलाई कडा झट्का: एमाले निशेधित क्षेत्र घोषणा गर्ने ६ जना, एमालेको सभामा २० हजार

मधेसी मोर्चाका ४ जना नेतालाई सिंगो मधेसी जनताको प्रतिनिधि देखाउँदै सत्तारुढ कांग्रेस, माओवादी छिमेकी देश भारतले एमालेलाई मधेस विरोधी भनी प्रचार गरिरहेका बेला कोर मधेसमा भने एमालेले शक्ति प्रदर्शन गरेको छ । मधेसी मोर्चाका ५ जना कार्यकर्ताले आइतबार साँझ बाजा बजाउँदै एमाले निषेधित क्षेत्र घोषणा गरेको मधेसी समुदाय बाहुल्य रहेको हरिनगरामा सोमबार दिउसो एमालेले विशाल जनसभा गरेको छ । केही दिन अघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसबाट एमालेलाई बाजा बजाएर विदाई गर्ने घोषणा समेत गरेका थिए । मोर्चाको त्यही कार्यक्रम अन्तर्गत आइतबार साँझ मोर्चाका आधा दर्जन कार्यकर्ताले हरिनगरामा बाजा पनि बजाए र सो क्षेत्र एमाले निषेधित क्षेत्र भएको घोषणा पनि गरे ।

तर, भोलिपल्टै सोही ठाउँमा हजारौ मधेसी समुदायका बीच एमालेले विशाल सभा गर्यो र सभालाई सम्बोधन गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आइपुगे । भारतीय सीमावर्ती क्षेत्रको सो ठाउँमा गाउँ गाउँबाट मधेसी जनता एमालेको जुलुशमा सहभागि भएका थिए । कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता नेपालले मैथिली भाषामा सम्बोधन गरेका थिए । सभामा एमाले वरिष्ठ नेता नेपालले मधेसबाट एमालेलाई लखेट्छु भन्नेहरुलाई नै मधेसी जनताले लखेट्ने वताएका थिए । सभामा सहभागि भएका मधेसी जनताको प्रतिक्रिया पनि माधव नेपालकै जस्तो थियो । उनीहरु भन्दै थिए– ‘मधेसलाई टुक्रा पारेर भारतमा विलाउन दियो भने हामी झन् दुःख पाउँछ । मधेसलाई भारतमा मिलाउन र हामीलाई दुःख दिन मात्रै मोर्चाले खेल खेलेको छ ।’

यसअघि नै एमालेले तराईमा मधेस जागरण अभियान घोषणा गरेको थियो । मधेसी मोर्चाका नेताहरुले सीमित जमिन्दारको सत्ता कायमै गर्नका लागि मधेसी जनताको नाम लिएर राज्यसँग वार्गेनिङ गरेको एमाले सभाका सहभागिहरुले वताएका थिए । मैथिली भेषमै सहभागि भएका र मैथिली भाषामा भाषण गरेका एमाले वरिष्ठ नेता नेपालले पनि भने– ‘केही जमिन्दारहरुले मधेसी जनतालाई शोषण गर्न मात्र मधेसीको अधिकारको कुरा गरेका छन् ।’ नेता नेपालले आफू मधेसमै जन्मेको धर्तिपुत्रलाई पहाडी अहंकारवादी भन्ने तर, बाहिरबाट अस्ती आएकाले मधेसी दाबी गरेको वताए । सभालाई एमाले केन्द्रीय सदस्य जगदिश कुसियत, महफुज अन्सारी, तैयव अन्सारी लगायतले बोलेका थिए । आइतबार एमालेलाई प्रवेश निषेध गरेका मधेसी दलका आधा दर्जन कार्यकर्ता भने भोलिपल्ट आफैं भागेका थिए ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal