कसको इसारामा चलेका छौ सरकार ? प्रणव मुखर्जी आउँदा विदा दिने, पृथ्वी जयन्तीमा नदिने ?

क्रिसमसमा विदा दिने भनेर सरकारले अघिल्लो दिन निर्णय गर्यो । ठ्याक्कै अघिल्लो दिन, मन्त्री परिषद्को निर्णयबाट । प्रणव मुखर्जी नेपाल आउँदा समेत सार्वजनिक विदा दिएको सरकारले पृथ्वी जयन्तीका दिन विदा दिन्छनै भन्ने थियो सबैलाई । तर त्यसो भएन । सरकारले निरीहता प्रस्तुत गर्यो, सार्वजनिक विदा भएन । हुन त विदा दिएर मात्र सम्मान हुने पनि होइन, तर प्रश्न स्वाभिमानको छ । त्यसो भए प्रणव मुखर्जी नेपाल आउँदाचाहिं किन दिएको त विदा ?

पृथ्वीजयन्तीमा सरकारी विदा घोषणा गर्नका लागि सरकारले किन यति ठूलो कञ्जुस्याइँ गर्‍यो ? क्रिश्चियनहरु भन्दा पनि ठूलो संख्यामा नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्छन् र उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने आवाज उठाउँदै आइरहेका छन् भन्ने कुरा किन बुझेन सरकारले ? भारतीय पात्रभन्दा देशको माया बढी लाग्छ नेपालीलाई भन्ने कुरा किन विर्सियो सरकारले ? प्रणव मुखर्जीलाई विदा दिने सरकारले किन दिएन वा दिन आवश्यक ठानेन सार्वजनिक विदा !

दिउँसो एक कार्यक्रममा आफु पृथ्वी जयन्तीको दिन विदा दिन सकारात्मक भएका प्रचण्ड, राती किन नकारात्मक भए त्यहि कुरामा ? के जनताको बोलीको कुनै मूल्य हुँदैन ? भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले सार्वजनिक विदा दिएकोमा आलोचना भएको थियो । किन बुझेन वा बुझ्न चाहेन सरोकारले जनताको मत ?

अव हरेक जनतालाई जवाफ चाहिएको छ, ‘आखिर कसको इसारामा चलेका छौ सरकार ?




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal