तस्करलाई ठेगान लगाउन त्रिभुवन विमानस्थलमा ११ करोडको एक्सरे मेसिन जडान हुँदै

२७ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलमा हाल चालु रहेको एक्स रे मेसिनले ‘होल बडी’ एक्सरे नहुने भएकाले चोर र तस्करहरुलाई सजिलो भइरहेको सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् । यसको समाधानका लागि अब ११ करोडको अत्याभुनिक मेसिन जडान हुने भएको छ । अहिले चालु रहेको मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामान समेत पत्ता लगाउन समस्या हुने भएकाले पछिल्लो समय तस्करीमा यो प्रविधि प्रयोग गर्न थालिएको जानकारी दिइएको थियो ।

यसैसाता सुन तस्करहरुले पनि एक्स रे मेसिनलाई झुक्याउनका लागि सुनलाई कालो टेप र कार्बनमा बेरेर विमानस्थलमा ल्याएका थिए । भन्सार विभाग प्रमुख शिशिर ढुंगानाले अन्तरराष्ट्रिय विमानस्थलमा अब ११ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ एक्स रे मेशिन जडान गर्ने तयारी भइरहेको बताएका छन् ।यो मेसिनले मानिसको ‘होल बडी’ चेक गर्न सकिने आन्तरिक रुपमा लुकाइएका चिजसमेत एक्सरे गर्ने जानकारी ढुंगानाले दिए । अहिले एक्सरे सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति कम रहेकाले पनि कर्मचारीलाई लामो अवधिसम्म सरुवा नगरी त्यही जिम्मेवारी दिनुपरिरहेको समेत ढुंगानाले उल्लेख गरे ।

 




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal