पृथ्वी जयन्तीमा विदा दिने प्रचण्डको योजनामा आफ्नै पत्नी सिता दाहाल र पूर्वराजा ज्ञानेन्द्र शाह बने बाधक

काठमाडौं, २७ पुस । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९५ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा सार्वजनिक विदा दिन मंगलबार पूरा तयारी गरेका थिए। तर उनको यो योजनामा आफ्नै पत्नी सिता दाहाल र पूर्वराजा ज्ञानेन्द्र शाह बाधक बने। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिनको लागि देशभरि बढेको चौतर्थी दबाबलाई राम्रैसँग महशुस गरेका प्रधानमन्त्री दाहालले मंगलबार मन्त्रिपरिषदको विशेष बैठक बोलाएर सार्वजनिक विदा दिने तयारी गरेका थिए। तर उनको योजनामा पत्नी सिता दाहालले कडा विरोध जनाईन्। उनकी पत्नी सिताले कुनै हालतमा विदा नदिन प्रधानमन्त्री दाहाललाई कडा दबाब दिईन्। बैठक बस्नुभन्दा केही पहिलेमात्रै पत्नी सिताले प्रधानमन्त्रीलाई सार्वजनिक विदा दिईए भविष्यमा परिवर्तनबाट पछि हटेको आरोप लाग्ने सुझाईन्।

उनको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो,‘प्रचण्डले विदा दियो, परिवर्तनको एजेण्डाबाट ब्याक भयो भन्ने सन्देश जान्छ, त्यसैले यस्तो निर्णय नलिनुहोस्।’ यतिसम्मको पत्नीको दबाब आउँदापनि प्रधानन्त्रीले कुनै वास्ता नगरी आज सार्वजनिक विदा दिने तयारी वा अन्तिम निर्णय गरिसकेका थिए। स्रोतका अनुसार उनले पत्नी दाहालको यस्तो दबाबलाई पूर्ण रुपमा बेवास्ता गर्दै विशेष क्याविनेट बैठक आकस्मिक रुपमा डाके। बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले विदा दिनेबारे विशेष प्रस्ताव नै लगेर गएका थिए। तर यही विचमा पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वक्तव्य आयो। यो बक्तव्यलाई लिएर मन्त्रिरिषदको बैठकमा गम्भिर समिक्षा भयो। सरकारकै प्रभावशाली मन्त्रिहरुले यस्तो बेलामा सार्वजनिक विदा दिए नराम्रो सन्देश जाने चिन्ता व्यक्त गरे। आफ्नै सरकारका मन्त्रीहरुले यस्तो चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्री दाहाल झस्किए, र उनी विदा नदिने निर्णयमा पुगे। सार्वजनिक विदा दिईए ज्ञानेन्द्रको विज्ञप्तीबाट डराएर सरकारले यस्तो निर्णय गर्यो भन्ने देशव्यापी सन्देश जाने भएपछि अन्ततः सरकारले आज विदा नदिएको सरकारकै एक मन्त्रीले जानकारी दिए।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal