प्रचण्डले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘अपमान’ गरेपछि पूर्वप्रधानसेनापति कटवालको कडा प्रतिक्रिया

काठमाडौं, २७ पुस । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका मनाउन अस्वीकार गरेपछि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो गृहजिल्ला चितवनमा विदा दिन आफू सकारात्मक रहेको तर सबैको सहमतिमा सर्वमान्य विदा दिने पक्षमा आफू रहेको बताएका थिए । तर, उनले हिजो रातिसम्म पनि विदाको निर्णय गरेनन् । फलस्वरुप सरकारले पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस मनाएन् ।

चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले उल्टै ‘पृथ्वीनारायणले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो’ भन्दै अपमान गरेका थिए । यसको जवाफमा पूर्व प्रधानसेनापति कटवालले पुर्खाको अपमान गर्नु आफ्नै अस्तित्व मेट्नु हो भन्दै वर्तमान सरकार अस्तित्व मेट्ने खेलमा लागेको बताए । ‘पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो,’ सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाउन पुगेका पूर्व प्रधानसेनापति कटुवालले भने । सरकारले विदा दिएर राष्ट्रिय एकता दिवस मनाउनुपर्थ्यो भन्दै उनले पुर्खाको उपेक्षा गरेर गल्ती गरेको टिप्पणी गरे । यसअघि २०६५ सालमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालकै कारण प्रचण्डले प्रधानमन्त्री पद छाड्नुपरेको थियो ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal