प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री, कमल थापा परराष्ट्र, गच्छदार सञ्चार !

काठमाण्डु, २६ पुस–राप्रपाको कमल थापा पक्ष र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने करिब पक्का भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच थापा र गच्छदारलाई संविधान संशोधन विधेयकमा मतदान हुनुअघि नै सरकारमा ल्याउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

राप्रपाबाट वर्तमान सरकारमा दीपक बोहरा र विक्रम पाण्डे मन्त्री छन् । पार्टी एकीकरणअघि नै राप्रपा सरकारमा थियो । राप्रपा र कमल थापाले नेतृत्व गरेको तत्कालिन राप्रपा नेपालबीच एकीकरण भएपछि दुर्व समूह सरकारमा जाने सहमति थियो ।

प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मत दिएका गच्छदार भने अहिलेसम्म सरकारबाहिरै छन् । संविधान संशोधनका पक्षमा दुई तिहाई पु¥याउने पहलस्वरुप थापा र गच्छदारलाई सरकारमा ल्याउन लागिएको हो ।

थापालाई परराष्ट्र र गच्छदार सञ्चारसहित उपप्रधानमन्त्री !
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार थापालाई उपप्रधानसहित परराष्ट्र र गच्छदारलाई उपप्रधानसहित सञ्चार दिनेबारे प्रचण्ड र देउवाबीच सहमति भइसकेको छ । योसँगै सरकारमा चार उपप्रधानमन्त्री हुनेछन् । हाल अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधि उपप्रधानमन्त्री छन् ।

थापा यसअघि केपी ओली नेतृत्व सरकारमा पनि परराष्ट्रमन्त्री थिए । उनले सरकारमा जान पहिलो सर्तका रुपमा परराष्ट्र मागेका थिए । अन्यथा हाल सरकारमा सहभागी मन्त्रीद्वय बोहरा र पाण्डेलाई समेत पार्टीले फिर्ता बोलाउने चेतावनी दिँदै आएका थिए ।

हाल काँग्रेस नेता डा प्रकाशरण महत परराष्ट्रमन्त्री छन् । सञ्चारमा भने माओवादी नेता सुरेन्द्रकुमार कार्की (राम कार्की) लाई हटाएर गच्छदारलाई लिने तयारी छ ।

कार्कीको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्डले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal