भारतले नेपाललाई बंगलादेश बनाउन खोजेको भिम रावलको रिपोर्टले सशंकित बन्यो एमाले, स्थायी समितिको बैठकमै गम्भीर चर्चा यसरि हुदैछ बैशाख देखि नेपालमाथी सशस्त्र हमला

Loading...

२७,पुस,काठमाडौं । कहिले रक्षा र कहिले चाहिँ गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले? त्यस्तै भयो एमाले स्थायी समिति बैठकमा ।ललितपुरको भैसेपाटिस्थित उपाध्यक्ष वामदेव गौतमको निवसमा साँझ ढल्दै गर्दा खानपिनसहित आयोजित शीर्षस्थ नेतृत्वको वैठकबीच अर्का उपाध्यक्ष भीम रावतले सबै सशंकित हुने सूचना पस्किएका हुन् ।

जनआस्था साप्ताहिकले अगाडी लेखेको छ- चीन र पाकिस्थानसँगको लडाइँ, बंगलादेशको जन्म र सिक्किम विलयमा ‘र’ को संलग्नतासम्बधी आरके यादवको ५४३ पेज लामो पुस्तक ‘मिसन र’ का केही अध्यायको फोटोकपी देखाउँदै रावतले नेपाललाई छिन्नभिन्न पार्न भारतीय खुफिया एजेन्सी त्यसरि नै सूक्ष्म ढंगले परिचालित हुन थालेको रिपोर्टिङ गरेका थिए । उनका अनुसार मधेसका सशस्त्र समूहको हालै पटनाम भेला सम्पन्न भई माघ–फागुनभित्र हतियार स्वदेश भिœयाउने र वैशाक १ गतेदेखि सशस्त्र संघर्ष थाल्ने योजना छ ।

रावतले यो पनि भने– ‘सिके रावतले मधेसी दलसमक्ष हामीलाई पनि अलि–अलि मिल्नेगरी एजेण्डा सेटिङ गरिदिनुस् । तपाईहरु फ्रन्ट लाइनमा बसेर हामीलाई व्याकअपका रुपमा प्रयोग गर्नुस् भन्ने सन्देश पठाएका छन् ।’ विमलेन्द्र निधि भारतको अत्यन्त निकट रहेको र मधेसी दलप्रति पूर्ण सहानुभुतिशील देखिएको अनि यहीवेला उनको गृहमन्त्रीत्व कालमा देश विखण्डनको यसखाले योजनासमेत अघि बढ्न लागेको रावलले जानकारी दिए । ‘भारतले विभिन्न क्षेत्रवाट हस्तक्षेपका डिजाइन तयार गर्दै छ । राष्ट्रियतामाथि खतरा बढेको छ । यसबारे हामी होशियार रहनुपर्छ । पहिला पनि मधेसीका माग संबोधन गर्ने नाममा सविधान संशोधन भएकै हो ।’ रावलले थपे– ‘त्यतिले तिनको चित्त बुझेन । अहिले ५ नम्बर प्रदेश टुक्य्राउने प्रस्ताव दर्ता गरेका छन् । यो सकेर पूर्व र सुदूरपश्चिममा याजनावद्घ रुपले हात हाल्नेछन् । ‘मिसन र’ का प्र्रसंगहरु को पुनर्पुष्टि हुनेगरी गतिविधि बाक्लिएका छन् ।’



Loading...

सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal