महिला साफमा नेपाल र माल्दिभ्स भिड्दै

भारतको सिलगुढीमा जारी चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। प्रतियोगितामा उत्कृष्ट सुरूआत गरेको नेपालले बुधबार कञ्चनजंघा रंगशालामा माल्दिभ्सलाई हराउन सके सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको नेपालका लागि माल्दिभ्स नौलो र बलियो प्रतिद्वन्द्वी होइन। यसअघि सन् २०१० मा पहिलो साफ च्याम्पियनसिपमा ६-० ले हराएको नेपालले २०१२ मा ५-० ले हराउँदै आफ्नो दबदबा कायमै राखेको छ।
नेपाल पुरा आत्मविश्वासका साथ मैदान आर्लने तयारीमा छ भने माल्दिभ्स नेपालसँग बदला लिने योजनमा हुनेछ।
यसअघि प्रतियोगितामा माल्दिभ्स पनि श्रीलंकालाई सोमबार ५-२ ले हराएर उच्च मनोबलका साथ नेपालविरुद्ध उत्रने तयारीमा रहनेछ। समूह बि मा आयोजक भारत, अफगानिस्तान र बंगालादेश छन्। भारत ३ पटक च्याम्पियन हो । तीनै पटक फाइनलमा भारतले नेपाललाई हराएको थियो।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal