रियल मड्रिड ३८ खेलमा अपरिजत, रोनाल्डोको अनुपस्थितिमा रोड्रिग्वेज चम्किए

२१ पुस, काठमाडौं । सेभिल्लामाथि सहज जित हात पार्दै स्पेनिस जाइन्ट रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ । बुधबार राति भएको कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सेभिल्लालाई ३–० ले गोल अन्तरले हराएको छ । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रोनाल्डो र बेल थिएनन् भने करिम बेन्जिमालार्इ बेच्नमा राखिएको थियो । तर, पाएको अवसरलार्इ सदुपयोग गर्दै जेम्स रोड्रिग्वेजले टोलीलार्इ जिताएका छन् ।

रियल मड्रिडले ११ औं मिनेटमा रोड्रिग्वेजको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै उनलेपेनाल्टीमा गोल गरे । खेलको २९ औं मिनेटमा वारानेले गोल गरेपछि रियल मड्रिड पहिलो हाफमा ३-० ले अगाडि रह्यो ।दोस्रो हाफमा भने दुबै टोलीबाट गोल हुन सकेन । यो जितसँगै रियल मड्रिड सबै प्रतियोगितमा गरेर लगातार ३८ खेलमा अपराजित छ, जसमध्ये २९ खेल उसलेजितेको छ । ला लिगामा लगातार धेरै खेल जित्ने कीर्तिमान भेट्टाउन रियल मड्रिडलाई अब एक जित चाहिएको छ ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal