रोनाल्डो चौथो पल्ट फिफा वर्ष खेलाडी

आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प्राप्त गरेका छन्।
रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकरलाई सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित विशेष कार्यक्रममा सम्मान गर्यो।
गत वर्ष आफ्नो क्लब म्याड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो देश पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि दिलाउन उनले गरेको योगदानको फिफाले उच्च मूल्याङ्कन गरेको थियो।
‘मैले धेरै पल्ट बताइसकेको छु, २०१६ मेरो खेल जीवनको स्वप्निल समय हो,’ एक महिनाअघि मात्र बालोन डि’ओरबाट चौथो पल्ट सम्मानित भएका ३१ वर्षीय रोनाल्डोले प्रतिक्रिया दिए।
६ वर्ष फ्रान्सको फुटबल पत्रिकासँग सहकार्य गरेको फिफाले बालोन डि’ओरलाई नै फिफा वर्ष खेलाडीको रुपमा प्रदान गर्दै आइरहेको थियो। तर, यस वर्षदेखि फ्रेन्च पत्रिकासँग सम्झौता भंग गरेको फिफाले
आफैले वर्ष खेलाडी चयन गरेर ज्युरिचमा सम्मान गरेको हो।
रोनाल्डोले वर्ष खेलाडीको रुपमा सम्मान पाउदा कूल ३४ दशमलव ५४ मत प्राप्त गरेका थिए। जुन मेसीभन्दा करिब ८ प्रतिशत बढि थियो। मेसीले २६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे।
यस्तै, रोनाल्डो र मेसीपछि वर्ष खेलाडीको दौडमा रहेका फ्रेन्च स्ट्राइकर एथलेटिको म्याड्रिडका एन्टोन ग्रेजम्यानले ७ दशमलव ५३ मत प्राप्त गरेका थिए।
‘२०१६ मा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्यो। पोर्चुगलले युरो कपको उपाधि। त्यसैले यो वर्ष मेरो लागि विशेष छ,’ रोनाल्डोले भने।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal