श्रीलंकाको आत्मघाती गोलपछि नेपाल सेमिफाइनलमा

काठमाडौं–खेलको अन्तिम समूहमा श्रीलङकाले दिएको आत्मघाती गोल उपहारमा नेपाल भारतको सिलिगुडीमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार समूह ए अन्तर्गत आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङकालाई १–० पराजित गरेको हो। ८७ औ मिनेटमा श्रीलङकाकी गुनाबर्दनेले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक साबित भएको थियो। यस जितसँगै नेपालले तीन खेलमा ९ अंक जोडेको हो।

नेपालका प्रशिक्षक कुमार थापाले भने‘विपक्षी प्रशिक्षकले अपनाएको रणनितीमा उनीहरु सफल भए।उनीहरुले हामीलाई अन्तिम समयसम्म पनि बराबरीमा रोक्न सफल भए तर अन्ततः हामीले नजिता आफ्नो पक्षमा पार्न सफल भयौ।’

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा भुटानलाई ८–० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो।

नेपाले १८ गते (सोमबार)हुने सेमिफाइनलमा समूह बि को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal