साफ फुटबल : नेपालले माल्दिभ्सलाई ९-० ले हरायो, सावित्राको आजपनि ५ गोल 

काठमाडौं, पुस १३ – चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको सिलिगुडीमा रहेको कन्चनजंङ्गा रङ्गशालामा चलीरहेको खेलमा नेपालकी साबित्रा भण्डारीले ५ गोल गरिन् । उनले गएको सोमबार भुटानविरुद्ध पनि ५ गोल गरेकी थिइन् । नेपालको तर्फबाट एकै खेलमा पाँच गोल गर्ने साबित्रा एक्ली खेलाडी हुन् । साबित्राले माल्दिभ्सविरुद्ध खेलको १२ औँ, २८ औँ, ३९ औँ, ५० औँ, ६३ औँ मिनेटमा गोल गरिन् ।
यस्तै मन्जली योञ्जनले खेलको ५२ औँ मिनेटमा, ७० औँ मिनेटमा सपना लामाले र ७३ औँ मिनेटमा हिरा भुजेलले गोल गरिन् । निर्मला बिकेले खेलकाे अतिरिक्त समयमा गाेल गरेर नेपाललाई ९-० को जित दिलाइन् ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो । समूह चरणको खेल अन्तर्गत बुधबार नै भएको अर्को खेलमा श्रीलंकाले भुटानलाई २–० गोल अन्तरले हराएको छ । नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यसअघिका प्रतियोगितामा नेपाल ३ पटक उपविजेतामा सिमित भएको थियो ।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal