तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भन्छन्, :–बरु ओलीको भर छ, तर प्रचण्डको भर छैन

काठमाडौ–नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सविधान संशोधन विधेयक पारित भए चुनावमा भाग लिने बताएका छन् । आज पत्रकार सम्मेलन गरी उनले भने, ‘अहिले चुनावको मिति घोषणाको मात्र विरोध भएको छ, यदि सविधान संशोधन भएन भने चुनावमा मत हाल्न पनि रोक्छौं ।’  उनले संविधान संशोधन विधेयक पारित हुने विश्वास समेत व्यक्त गरे । उनले आफूहरुको सहमति बिना चुनाव घोषणा गरिएको भन्दै भने, ‘बरु ओलीको भर छ, तर प्रचण्डको भर छैन

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतविरुद्ध अनुसन्धानको लागि तेस्रो पटक म्याद थप

सिरहा, फागुन ११ – स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार सिरहा जिल्ला अदालतले तेस्रो पटक थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।  स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई अदालतले तेस्रो पटक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।  राउतलाई पहिलो पटक गएको माघ २१

आपूर्ति सचिवले भने-तेल ढुवानीसहित अत्यावश्यक सेवा रोक्नेलाई जेल हाल्नुपर्‍यो

११ फागुन, काठमाडौं । आपूर्ति सचिव प्रेमकुमार राईले उद्योगी व्यवसायीहरुले राज्यलाई नै बन्दी बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । सचिव राईले अत्यावश्यक क्षेत्रमा समेत बन्द, हडताल, धर्ना गर्ने व्यवसायी र जोसुकैलाई जेल हाल्ने व्यवस्था गर्नुपर्ने बताए । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुधबारको बैठकमा बोल्दै उनले इन्धन ढुवानी ठप्प पारेर टयांकर व्यवसायीहरु विरोध प्रर्दशनमा उत्रिएकोप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध राज्य कडा रुपमा प्रस्तुत हुने बेला आएको

खुल्यो सुनकाण्डको नयाँ रहस्य : ३४ किलो सुन तस्करीमा ८ जना मालिकहरु संलग्न रहेको र नेपालमा बसेर कारोवार गर्ने चार जना र दुबईमा बस्ने चारजनाको लगानीमा सुन भित्रिएको सीआइबीको अनुसन्धानबाट खुलेको छ

११ फागुन, काठमाडौं । ३४ किलो सुनकाण्डको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पक्राउ परेका एक एसएसपीसहित ८ जना माथि अनुसन्धान जारी छ । यसैक्रममा काठमाडौंका केही व्यापारीहरुले भारतीय बजारमा सामान किन्दा भारतीय नगदको साटो सुनबाट भुक्तानी दिने गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ । सुनबाटै व्यापारको भुक्तानी : ३४ किलो सुन तस्करीमा ८ जना मालिकहरु संलग्न भएको खुलेको छ । नेपालमा बसेर कारोवार गर्ने चार जना र दुबईमा

मधेशी मोर्चाका कार्यकर्ताद्वारा राजविराज नगरपालिका कार्यालयमा तोडफोड

११ फागुन, सप्तरी । बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । मोर्चा कार्यकर्ताहरुले गरेको ढुँगा प्रहारबाट कार्यालयको झ्यालको दुई वटा सिसा फुटेको छ । आन्दोलनकारीले कार्यकारी अधिकृत यादवराज सापकोटाको नेम प्लेट समेत बाहिर ल्याएर फालिदिएका छन् । मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरीको बिभिन्न ठाउँमा नाराबाजी गर्दै पसलहरु बन्द गराएका छन् । बिहानैदेखि मोर्चा कार्यकर्ताहरुले राजविराज, कंचनपुर, भारदह, कल्याणपुर, बोदे

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सिरहा : सिरहाको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ। पिप्रा प्रपी ५ को कमला नहरको किनारमा मंगलबार राति प्रित कम्पनीको अनटेष्ट ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्याना गएको छ। ज्यान जानेमा स्थानीय १८ बर्षीय रुपेश यादव, हरेराम यादव र १७ बर्षीय नितेश यादव रहेको प्रहरीले जनाएको छ। नितेशको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा ज्यान गएको हो भने दुईजनाको घटनास्थलमै ज्यान गएको जनाएको छ। त्यसैगरी, पूर्वपश्चिम लोकमार्ग

नेपाल प्रहरीको आइजीपी नियुक्तिबारेको विवाद सर्वोच्च अदालतले आज सुनुुवाई हुँदै

काठमाडौं – नेपाल प्रहरीको आइजीपी नियुक्तिबारेको विवाद सर्वोच्च अदालतले आज सुनुुवाई हुँदैछ । गत फागुन ८ मा सुनुवाई हुन नसकेपछि आजका लागि सरेको थियो । गत आइतबार नै चन्दलाई मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि अधिवक्ता ढकालले पुनः इजलासमा पूरक निवेदन दिएका थिए । तर, त्यसका बारेमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधवार लागि सुनुवाइ सरेको हो । निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षकमा नियुुक्त

राप्रपा केन्द्रिय सदस्यमा रेखा थापा निर्वाचित ; रेखा थापा लाई १ हजार ६ सय ३ मत

नेपालकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको केन्द्रिय सदस्य नियुक्त भएकी छिन्। उनी महिलातर्फको कोटामा १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी भइन्। उनले कुन्ती शाहीपछि महिलातर्फ सर्वाधिक मत पाएकी हुन्। शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गरेकी थिइन्। यस्तै अर्की चर्चित गायिका मीरा राणा पनि महिलातर्फको कोटामा विजयी भएकी छिन्। उनले रेखा थापापछि तेस्रो नम्बरमा सर्वाधिक मत ल्याइन्। खसेको २ हजार ८ सय मतमध्ये

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धुर्मुस–सुन्तली सद्भावना दूत बनाउने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)  र कुञ्जना घिमिरे (सुन्तली) लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो । भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो

मधेसी मोर्चाका कार्यकर्ताले प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाए

वीरगन्ज । संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले आजदेखि आन्दोलन सुरु घोषणा गरेको छ । मोर्चामा आबद्ध राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टीले वीरगन्जमा मंगलबार बिहान प्रदर्शन गर्दै प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएर आन्दोलनको सुरुवात गरेको छ । सद्भावना पार्टी पर्साका उपाध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेका नेता कार्यकर्ताले घण्टाघर चोकमा सरकार र तीन दलविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal