तपाईं अहिले हाम्रो नेपालमा सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उकालो लाग्यो राजधानीको तापक्रम

काठमाडौं, माघ १ गते शुन्यमा झरेको राजधानीको तापक्रम पछिल्ला दिनमा निरन्तर बढिरहेको छ। १ गते यो वर्षकै सबैभन्दा कम ०.४ डिग्री पुगेको राजधानीको न्युनतम तापक्रम बुधबार १.६ डिग्री पुगेको थियो भने बिहीबार २ डिग्री पुगेको छ। १ गते १६ डिग्रीसम्म पुगेको अधिकतम तापक्रम बुधबार २०.२ डिग्री पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वरुण पौडेलले बिहानैदेखि राम्ररी घाम लागेकाले न्यानो हुँदै गएको बताए। ‘अब केही दिन यस्तै हुन्छ’,

दुई साना दलका सांसदलाई मन्त्री, सञ्चारमन्त्रीले दिए हैसियतको जवाफ

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार मन्त्रिमण्डल विस्तार गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकबाट बाहिरिने क्रममा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई पत्रकारको भीडबाट एउटा प्रश्न सोधियो । त्यो प्रश्न थियो–सरकारले हैसियत नै नभएका पार्टीका नेतालाई किन मन्त्री बनाउँदै छ ? जवाफमा सञ्चारमन्त्रीले भने, ‘तपाईँहरु हैसियतको कुरा नगर्नुस्, प्रधानमन्त्रीले पत्रकारको हैसियतको कुरा गर्न विरोध गर्नुहुन्छ, फेरि किन त्यही कुरा गर्नुहुन्छ ?’उनले थोरै सिट भएपनि मुख्य कुरा सहकार्य हो भन्दै यसलाई प्रधानमन्त्रीको महानता ठान्नुपर्ने तर्क गरे

रेकर्ड बनाएको छक्का पन्जालाई दर्शकको चर्काे गाली

काठमाडौं – दीपाश्री निरौंला निर्देशित चलचित्र ‘छक्का पन्जा’लाई दर्शकले चर्काे गाली दिइरहेका छन् । स्वदेश प्रदर्शनबाट बिगत केही बर्षयताकै सर्वाधिक ब्यवसाय गर्न सफल ‘छक्का पन्जा’ले यु–ट्युवमा आए लगतै दर्शकबाट चर्काे आलोचना र गाली पाउन थालेको हो । यु–ट्युवमा चलचित्र हेर्ने दर्शक कतिले ‘छक्का पन्जा’लाई हावादारी चलचित्र भएको प्रतिक्रिया दिएका छन्, भने कतिपयले हावाकै भरमा चलचित्रले ब्यवसाय गरेको लेखेका छन् । केही दर्शकले त ‘छक्का पन्जा’ जस्तो हावादारी चलचित्र बनाएर जनता

एमालेलाई पाखा लगाएर मुलुकले निकास पाउन सक्दैन् : विजयकुमार गच्छदार

उर्लाबारी (मोरङ), माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ । मोरङको विराटनगरमा आज दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पाखा लगाएर मुलुकले निकास नपाउने भएकाले उसलाई सहमतिमै ल्याएर निकास खोज्नुपर्ने विचार व्यक्त गर्नु भयो । उहाँले पहिले संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने र त्यसपछि दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुनुपर्ने धारणा राख्दै संविधान संशोधन प्रस्ताव परिमार्जन

सीके राउतले सयौं सर्वसाधरण जम्मा गर्दा सुरक्षाकर्मीले केहि पत्तो पाएनन्

लहान, ६ माघ । सयौं सर्वसाधरण जम्मा गरेर सीके राउतले राज्य बिरुद्ध भेला गर्दा सुरक्षाकर्मीले केहि पत्तो पाएनन् । मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लाहानमा स्वतन्त्र मधेश गठबन्धनले शक्ति प्रदर्शन गरेको भएको छ । गठबन्धनको शक्ति प्रदर्शनमा सयौंको संख्यामा मधेशी सहभागी भएका थिए । सीके राउतले सयौं सर्वसाधरण जम्मा गर्दा सुरक्षाकर्मीले के हेरे । उनले ती सयौं कार्यकर्ता मध्ये केहिलाई राष्ट्र राज्य बिरुद्ध लाग्न गोप्य निर्देशन समेत गरेको समाचार स्रोतले

उपत्यकामा अब ,माइक्रोबस र टेम्पो विस्तारै विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने

काठमाडौं – यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन लागिएको छ । विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘पाईलट प्रोजेक्ट’को रुपमा सिनामंगल – रत्नपार्क – नयाँबसपार्क रुट चल्ने माइक्रोबस तथा टेम्पोलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । साना सावारीसाधनलाई विकल्पसहित विस्थापित

भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई खटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणले गति लिने निष्कर्षसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सेना र सशस्त्रलाई पुनर्निर्माणको काममा सघाउन विस्तृत योजना बनाउन सुरु भएको जानकारी दिए। पोखरलेका अनुसार पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदारको अभाव हुँदा पीडितले घर निर्माण गर्न सकेका छैनन्। यो समस्या समाधान गर्न सेना

मृत्युसँग संघर्ष गर्दै एक राउटे युवा

आगोले जलेर थला परेका राउटे युवा कपिल शाही सुर्खेत– एक वर्षअघि आगोमा जलेर घाइते भएका एक राउटे युवा मृत्युसँग संघर्ष गरिरहेका छन्। पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेका १८ वर्षीय कपिल शाही उपचार नपाएर मृत्युसँग संघर्ष गरिरहेका हुन्। पाखुरा र ढाडको घाउ बल्झँदै पेटसम्म पुगेको छ। पीडाले उनी रातदिन छटपटाइरहेका छन्। राउटे समुदायले कपिलको घाउलाई जडिबुटी लगाएर सन्चो पार्ने प्रयास गरेका थिए। जडिबुटीले सन्चो नभएपछि उनी अस्पतालमा

उपेन्द्र यादवलाई कारवाहीको तयारी, पार्टीले निर्वाचनमा भाग लिन नपाउने, राजकिशोर यादव पनि ‘ब्ल्याक लिस्ट’मा परे

काठमाडौं, ५ माघ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीमाथि कारवाही हुने भएको छ ।नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएको फोरमले आर्थिक वर्ष २०७२–७३ को वार्षिक आयव्यय विवरण नबुझाएपछि निर्वाचन आयोगले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।उपेन्द्र यादवसँगै राजकिशोर यादवको मधेस जनअधिकार फोरम (गणतान्त्रिक)लाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ । ‘समाजवादी फोरम, फोरम गणतान्त्रिकसहित संसदभित्रका पाँच दलले गएको आर्थिक वर्षको आयव्यव विवरण बुझाएका छैनन्,’

परराष्ट्रमन्त्री आफु चिप्लिय कि भारतीय टिभी च्यानलले फसायो? दिल्ली पुगेर भने-“नेपाल-भारत सम्बन्ध ‘सामान्य’ छैन”

काठमाडौं, ५ माघ – परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल–भारत सम्बन्ध सामान्य नरहको भन्दै त्यसमा सुधार आएमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन हुनसक्ने बताएका छन् । भारतीय टिभी च्यानल सिएननएस–१८ लाई दिएको अन्तवार्तामा परराष्ट्रमन्त्री महतले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार भारतीय निर्देशनमा बिस्थापित गरेलगत्तै नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्केको दाबी गर्दै आएका महतले सम्बन्ध सुधार नभएको बयान दिएका हुन् । ‘हामी आशा गर्छौं भारत

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal