तपाईं अहिले बिजनेस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए। ‘आज सरकारले नीतिगत निर्णय गर्यो,’ उनले भने, ‘अब निर्देशिका बनाएर यसको कार्यान्वयन सुरु हुने छ।’ यो नियम लागू भएपछि अन्य सामान बेच्ने पसलहरूले

अण्डाको मूल्य घट्यो, धेरै किन्नेलाई मात्र राहत

नेपाल अण्डा उत्पादक संघले आजदेखि लागू हुनेगरी अण्डाको मुल्य घटाएको छ। यसअघि अण्डाको फार्म मूल्य प्रतिक्रेट ३५५ र बिक्री मूल्य ३६५ रहेकोमा आजदेखि घटेर क्रमशः ३४५ र ३५० कायम भएकोछ। त्यस्तै मिडियम अण्डाको फार्म मूल्य प्रतिक्रेट ३४० र बिक्री मूल्य ३५० रहेकोमा अब क्रमशः ३२५ र ३३० कायम भएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए। प्रतिक्रेटमा अण्डाको मूल्य घटे पनि गोटामा किन्नेलाई भने राहत नहुने भएको छ।

चीनमा छापिएका हजारका नेपाली नोट आउँदै

नेपाली आधुनिक मुद्राको इतिहासमा पहिलोपटक चीनमा छापिएका नोटहरु चाँडै नै नेपाल आइपुग्ने भएका छन्। चीनमा छापिएका हजार दरका नोटहरु छापिसकिएको र तीनवटा कन्साइनमेन्टमा आउने त्यसमध्ये पहिलो र दोस्रो काठमाडौंका लागि चीनबाट हिडिसकेका र एकमहिनाभित्र काठमाडौं आइपुग्ने राष्ट्र बैंकका साहयक प्रवक्ता नाराण पौडेलले जानकारी दिए। चीनको नानछाङ सहरबाट काठमाडौंका लागि पानीजहाजबाट नेपालको लागि हिडिसकेका छन्। ८ हजार थान नोटको पहिलो कन्साइनमेन्ट सोमबार नै हिडेको र दोस्रो पनि हिडिसकेको तेस्रो पनि हिड्ने

दुई सय ८० सिटको विमान आउने पक्का

काठमाडौंः नेपालको हवाई इतिहासमा पहिलो पटक दुई सय ८० सिट क्षमताको वाइडबडी विमान आउने पक्का भएको छ । नेपाल वायुसेवा निगमले आगामी असोजभित्र वाइडबडी विमान ल्याउन लागेको हो । विमान खरिदका लागि अमेरिकन कम्पनी एएआरलाई छनोट गरेपछि वाइडबडी भित्रिने निश्चित भएको हो । निगमले दुईवटा वाइडबडी विमान ल्याउन लागेको छ । पहिलो विमान असोज र दोस्रो विमान चैतभित्र ल्याइसक्ने निगमको कार्ययोजना छ । अहिलेसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीसँग दुई

‘चन्द्रागिरि केवलकारको टिकट मूल्य अब १०८ मात्र!’

माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले पहिला आउने १०८ दर्शनार्थीले १०८ रूपैयाँमा केवलकार चढ्न सक्ने बनाएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रूपैयाँमा टिकट पाउनेछन्। यस व्यवस्थता अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन्,’ कम्पनीले भनेको छ।

चिनले भन्यो- एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौं

काठमाडौं, १२ पुस । चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुनेछ । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल

आन्तरिक वायुसेवा कम्पनीहरूले २३ प्रतिशतसम्म भाडा बढाउने निर्णय

काठमाडौं- सरकारले २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिएको तेस्रो दिन बिहीबार आन्तरिक वायुसेवा कम्पनीहरूले २३ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बिहीबार बसेको बैठकले सुगम गन्तव्य (ट्रंक सेक्टर) तर्फ हवाई भाडा न्यूनतम २० देखि अधिकतम २३ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको हो। त्यस्तै पर्यटक गन्तव्य (टुरिस्ट सेक्टर) तर्फ न्यूनतम २३.५९ देखि अधिकतम ३५.८७ प्रतिशत भाडा बढ्ने छ। बढेको भाडा आगामी सोमबार (पुस

हायात होटलको नालीबेलीः अर्बौंको सरकारी सम्पत्ति भारतीयको कब्जामा

काठमाडौं । जोरपाटी वौद्धस्थित हायात होटलमा भएको नेपाल सरकारको अर्वाैंको लगानी भारतीय व्यवसायीहरुको कब्जामा जाँदै गर्दा सरकारी छानबिन टोली यसमा अध्ययन गर्नसमेत असफल भएको छ । हायत होटलले नेपाल सरकारको १५० रोपनी जग्गा उपयोग गरेको लगभग २४ वर्ष पुगेको छ । ठूलाबडाले आफ्नो प्रभावको प्रयोग गरेर कसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्छन् भन्ने एउटा दृष्टान्त बन्न पुगेको छ हायात होटलमा गरिएको नेपाल सरकारको लगानी । हायात होटलको बदमासीका बारेमा अध्ययन गर्न

विदेशी दक्ष कामदारलाई जापान सरकारले वर्किङ भिजा दिने

जापान । विदेशी दक्ष कामदारहरुलाई लक्षित गरि जापान सरकारले सोमवार देखि वर्किङ भिसा दिने भएको छ । दक्ष कामदारहरु मध्य पनि कृषि पेशामा काम गर्न आउने विदेशीहरुलाई जापान सरकारले उच्च प्राथमिकता दिएर काम गर्ने भिजा दिने भएको हो । जापानको कृषि क्षेत्रमा उल्लेखनीय योगदान र प्रतिफल आओस भन्ने उदेश्यले विदेशी कामदारलाई पनि जापानको कृषि क्षेत्रमा समावेश गर्ने उदेश्य जापान सरकारले लिएको जापानी प्रधानमन्त्री सिन्जु आवेले बताए । प्रधानमन्त्री आवेले राष्ट्रिय

स्कुलमा ३ पटक फेल भएका ज्याकः अहिले छन् एसियाकै धनी (प्रेरक कहानी)

एजेन्सी । चीनको अलीबाबा संसारकै सबैभन्दा ठूलो कम्पनी मध्ये एक मानिन्छ । थुप्रै प्रकारका उत्पादनको ब्यवसाय गर्ने यो कम्पनीका संस्थापक हुन् चिनिया नागरिक ज्याक मा । ज्याक माको जीवनमा सफलताको कथा पढ्दा मानिसहरु चकित पर्छन् । किन भने कुनै बेला स्कुल लेभलमा पटक पटक फेल भएका ज्याकले अहिले स्थापित गरेको यो कम्पनीले उनलाई एसियाकै धनी ब्यक्ति बनाएको छ । अहिले ५१ वर्षका रहेका ज्याक मा प्राइमरी स्कुलमा २ पटक फेल

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal