तपाईं अहिले शिक्षा सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

महावीरले ‘आफ्नो स्कुल आफैं बनाऔं’ अभियानअन्तर्गत पाँचथरमा मुलुकमै पहिलो, सुरु गरे अनलाइन शिक्षा

फाल्गुन ८, २०७३- ख्यातिप्राप्त म्यागेसे पुरस्कार विजेता एवं सामाजिक अभियन्ता महावीर पुनले ‘आफ्नो स्कुल आफैं बनाऔं’ अभियानअन्तर्गत पाँचथरमा मुलुकमै पहिलो अनलाइन शिक्षा सुरु गरेका छन् । अमेरिकी नेपालीहरुद्वारा स्थापित इक्वालिटी फाउन्डेसनको सहयोगमा कम्प्युटर अनलाइन शिक्षा सुरु गरिएको हो । कम्प्युटर र इन्टरनेटको माध्यमबाट मुलुकभरका दुर्गम बस्तीमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा प्रदान गर्ने उद्देश्यले पुनले पाँचथरको नाङ्गीन गाविसस्थित नाङ्गीन माविबाट ‘आफ्नो स्कुल आफै बनाऔं’ अभियान थालेका हुन्

सरोकारवालाहरुले शिक्षा ऐन पारित भएको लामो समयसम्म पनि शिक्षा नियमावली आउन नसक्दा शैक्षिक क्षेत्रको काम–कारबाही प्रभावित

काठमाडौं, फागुन ६ । सरोकारवालाहरुले शिक्षा ऐन पारित भएको लामो समयसम्म पनि शिक्षा नियमावली आउन नसक्दा शैक्षिक क्षेत्रको काम–कारबाही प्रभावित भएको बताएका छन् । उच्च माध्यामिक विद्यालय संघ (हिसान)ले शुक्रबार राजधानीमा गरेको राष्ट्रिय भेलामा सरोकारवालाहरुले अर्थ मन्त्रालयले आर्थिक सहयोग गरिसकेको अवस्थामा पनि नियमावली आउन ढिलाइ हुनु दुखद् भएको टिप्पणी गरे । संसदको महिला बालबालिका र ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले अर्थ मन्त्रालयबाट बजेट पारित भएर आएको

राजधानी छेउ छाउकै ललितपुरका विद्यार्थी घर नजिक स्कुल नभएकाले ६ घन्टा हिँडेर स्कुल पुग्छन्

ललितपुर– मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ। ‘तीन विषय पढ्न सधैं ६ घन्टाभन्दा बढी हिँड्नुपर्छ,’ उनले भनिन्, ‘मकवानपुरदेखि जंगलको बाटो छिचोल्दै स्कुल पुग्दा ११ बज्छ।’ कक्षा ६ मै पढ्ने प्रेम सिंगारको समस्या पनि सविनासँग मिल्दोजुल्दो छ।

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु

३ फागुन- जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ । खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ । माघ २५ गते सरोकारवालासँगको छलफलमा विगतको भन्दा अहिले भर्ना अभियानलाई आधुनिकतासँग गाँसिएको

परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ ।

पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि २० दिन थप

काठमाडौँ, २६ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो । यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो । सो प्रदर्शनी आजसम्म कायम गरिएकोमा अब

परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। रासस

परीक्षाफल प्रकाशन

काठमाडौँ । । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षेतर्फको विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.ney.np मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

खानेपानीको अभावले विद्यार्थीले विद्यालय छाडे

पाल्पा, खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ । हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आइतबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ। २०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ।

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal