तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

युवराज र धोनीले बनाए नयाँ रेकर्ड

युवराज सिंह र महेन्द्रसिंह धोनीले इङ्ल्यान्डविरूद्ध एकदिवसीयमा चौथो विकेटको कीर्तिमानी साझेदारी गरेका छन्। यी दुवै ब्याट्सम्यान कटकमा भइरहेको इङ्ल्यान्डविरूद्धको दोस्रो एकदिवसीयमा अविजित २ सय २१ रनमा खेलिरहेका छन्। उनीहरूले दक्षिण अफ्रिकाका हासिम अमला र एबि डी भिलियर्सले ५ वर्षअघि बनाएको कीर्तिमानलाई भंग गरेका हुन्। अफ्रिकी जोडीले सन् २०१२ मा इङ्ल्यान्डविरूद्ध अविजित १ सय ७२ रनको साझेदारी गरेका थिए। भारतीय ब्याट्सम्यानको रुपमा युवराज र धोनीले १५ वर्षअघि राहुल द्रविड र सचिन

बाबा रामदेवले हराए ओलम्पिकमा रजत जितेका युक्रेनी कुस्तीवाजलाई

पहिले योग, त्यसपछि आयुर्वेदमा हात हालेका योग गुरु बाबा रामदेव अब कुस्तीमा पनि आफ्नो क्षमता देखाउदै छन्। उनले बुधबार मात्र लन्डन ओलम्पिकमा रजत जितेका युक्रेनका कुस्तीवाज आन्द्रे स्टेडनिकलाई एक प्रदर्शनी खेलमा १२–० ले पराजित गरेका छन्। बाबा रामदेव र आन्द्रेबीचको स्पर्धा त्यतिबेला सुरु भएको थियो, जब प्रो–रेसलिङ लिगअन्तर्गत मुम्बई र पञ्जावका कुस्ती खेलाडी दोस्रो सेमिफाइनलका लागि तयारी गर्दै थिए। आन्द्रेसँग भिड्नुअघि रामदेवले योग र कुस्तीको केही दाउपेच प्रदर्शन गरेका थिए।

रियल मड्रिडलाई पछि पार्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा

माघ ६ – इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब बनेको छ । म्यानचेस्टर युनाइटेडले गएको ११ वर्षदेखि विश्वको धनी क्लबका रुपमा रहेको स्पेनिस क्लब रियल मड्रिडलाईपछि पार्दै गएको सिजन बढी कमाइ गर्ने क्लब बनेको हो । म्यानचेस्टर युनाइटेडले गएको सिजन सन् २०१५–१६ मा ६ सय ८९ मिलियन युरो कमाइ गरेको डेलोइट्टेले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । गएको सिजन विश्वका ठूला २० क्लबको आम्दानी

विराटलाई रोक्न इङ्ल्यान्डको नयाँ अभियान

इङ्ल्यान्डले भारतीय कप्तान विराट कोहलीलाई रोक्न नयाँ हतियारको रुपमा ‘सर्ट बल’ को प्रयोग गर्ने भएको छ। भारत भ्रमणमा विराट इङ्लिस बलरको पिटाई गर्दै आइरहेका छन्। त्यसैले उनलाई रोक्न दोस्रो एकदिवसीयमा इङ्ल्यान्डले ‘सर्ट पिच’ बललाई अत्याधिक प्रयोग गर्ने बताएको छ। भारत र इङ्ल्यान्डबीचको दोस्रो एकदिवसीय बिहीबार कटकमा हुँदैछ। इङ्ल्यान्डका तीव्र बलर ज्याक बलले कोहलीलाई रोक्न ‘सर्ट’ बलको अभ्यास गरिरहेका छन्। उनले बिबिसीको रेडियो फाइभलाई दिएको लाइभ अन्तर्वार्तामा भनेका छन्, ‘डे–नाइट म्याचमा

क्रिकेट राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा ५२ खेलाडी

काठमाडौँ  – नेपाल राष्ट्रिय क्रिकेट टिमले आगामी फाल्गुन २८ र ३० गते हुने वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि ५२ खेलाडीको नाम सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ५२ खेलाडीलाई समेटेर छनोटका लागि एक सुपर लिग खेलाइने पनि जानकारी दिइएको छ। ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर आगामी माघ ६ गते देखि ११ गतेसम्म सुपर लिगका खेलहरु हुनेछन्। विगत एक वर्षको प्रदर्शनका आधारमा खेलाडीहरुको छनोट भएको हो। सुपर

मेसी, रोनाल्डोभन्दा नेइमार मूल्यवान

ब्राजिलियन स्टार नेइमार जुनयर युरोपका सबैभन्दा मूल्यवान खेलाडी भएका छन्। एक अध्ययन अनुसार दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित बार्सिलोनाबाट व्यवासयीक फुटबल खेल्ने नेइमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो। सिआइइएस फुटबल अब्जरभेटरी स्टडीले युरोमा रहेका एक सय मूल्यवान खेलाडीको सूचि सार्वजनिक गरेको हो । सूचिमा इंग्लिस प्रिमियर लिगमा खेल्ने ४२ खेलाडी परेका छन् । नेइमारले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन्। सिआइइएस फुटबल अब्जरभेटरी स्टडीका

मेस्सीलाई पनि पछि पार्दै नेइमार सबैभन्दा मूल्यवान खेलाडीको सूचीमा पर्न सफल

एक अध्ययनले नेइमार युरोपका सबैभन्दा मूल्यवान खेलाडी रहेको देखाएको छ । नयाँ अध्ययन अनुसार नेइमारले बार्सिलोनाका साथी खेलाडी लियोनल मेस्सीलाई पनि पछि पारेका छन् । दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित नेइमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो । सि.आइ.इ.एस फुटबल अब्जरभेटरी स्टडीका अनुसार मेस्सीको मूल्य एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ छ । युरोपका शीर्ष १० मूल्यवान खेलाडीको सूचिमा म्यानचेस्टर युनाइटेडका पउल पोग्बा तेस्रो स्थानमा, एथ्लेटिको म्याड्रिडका

कोहलीद्धारा सचिनको कीर्तिमान भंग

भारतीय कप्तान विराट कोहलीले आफ्नो आर्दश तथा भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा कीर्तिमान भंग गरेका छन्। रन पछ्याउने क्रममा विजयी सतक बनाउने सचिनको कीर्तिमानलाई आइतबार कोहलीले तोडेका हुन्। विराटले पहिलो एकदिवसीयमा कप्तानी गर्ने क्रममा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गर्न १ सय २२ रनको सतकीय इनिङ खेलेको थिए। उनले भारतलाई रन पछ्याएर विजय दिलाउने क्रममा १५ सतक पुरा गरेका हुन्। यसअघि रन पछ्याएर भारतलाई विजय दिलाउने क्रममा सर्वाधिक सतक

नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगरको लक्ष्य अब स्पेनिस क्लब, अभ्यासका लागि भोलि उड्दै

नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर स्पेनीस क्लबमा ‘ट्रयाल’ का लागि सोमबार म्याड्रिड उड्दैछन्। गत वर्ष बेल्जियमको क्लब ब्रुग केभीबाट व्यवसायिक फुटबल खेलेका विमल करिब ५ महिना लामो नेपाल बसाइँपछि युरोपेली क्लबमा पुनः आफ्नो भविष्य खोजीका लागि स्पेन उड्न लागेका हुन्। उनले स्पेनमा मार्बेला युनाइटेडमा करिब दुई महिना अभ्यास गर्ने छन्। उनीसँगै अभ्यासमा नेपालका थप दुई खेलाडी अनन्त तामाङ र अन्जन बिष्ट पनि रहने छन्। गत वर्ष नेपालले साफको युथ–१९ प्रतियोगिता,

स्वारेज चम्के, बार्सिलोना रियल मिड्रिड भन्दा दुई अंकले मात्रै पछि

माघ २ – स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी दुईमा छुट्याएको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लुइस स्वारेजको दुई गोलको मद्दतमा लास पालमसलाई ५–० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, आर्ड तुरान र एलेक्स विडालले एक एक गोल गरे । १४ औं मिनेटमा स्वारेजले गो गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal