तपाईं अहिले आजका पत्रपत्रिकाबाट सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

हत्या आरोपमा घटनामा संलग्न नै नभएका निर्दोष ‘सीपाही’ छ बर्षदेखि जेलमा

हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय सुनाएको खबर आजको नेपाल समाचारपत्रमा छ । २०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्बर ५ मा सिन्धुली जोरटार गाविस ७ का नेत्रबहादुर पुलामीको हत्या आरोपमा काभ्रेपलान्चोक जिल्ला डाँडागाउँ गाविस वडा नम्बर ८ की

उपत्यकामा अब ठूला बस,माइक्रोबस र टेम्पो विस्तारै विस्थापित हुने

काठमाडौं – यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन लागिएको छ । विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘पाईलट प्रोजेक्ट’को रुपमा सिनामंगल – रत्नपार्क – नयाँबसपार्क रुट चल्ने माइक्रोबस तथा टेम्पोलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । साना सावारीसाधनलाई विकल्पसहित विस्थापित

पुनर्निर्माणमा अब सेना र सशस्त्र खटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणले गति लिने निष्कर्षसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सेना र सशस्त्रलाई पुनर्निर्माणको काममा सघाउन विस्तृत योजना बनाउन सुरु भएको जानकारी दिए। पोखरलेका अनुसार पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदारको अभाव हुँदा पीडितले घर निर्माण गर्न सकेका छैनन्। यो समस्या समाधान गर्न सेना

थापा र गच्छदारले मन्त्रीको सपथ यसकारण नलिने !

६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रचण्डले साना दुई दलका दुई नेतालाई समेटेर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउन लागेका छन् । खड्काले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउँदै छन् । यी दुवै मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका छन्

जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड

नेपालको जनसंख्या भन्दा करिब ४० लाख बढी टेलिफोन वितरण भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी फोन विरण भएको छ। यो संख्या ल्यान्ड लाइन र मोवाइल दुबै गरी हो। केन्द्रिय तथ्यांक विभाग अनुसार हाल नेपालको जनसंख्या दुई करोड ८६ लाख पुगेको छ। टेलिफोन भने तीन करोड २५ लाख पुगेको छ। एक जना व्यक्तिले एकभन्दा बढी सेवा प्रदायकको सीमकार्ड लिएका कारण

बच्चा बोकेरै दिनभरि ई-रिक्सा : ‘बिचरा’ होइन काम गर्ने महिला हुँ

धनगढी – माघको चिसोमा पनि बिहान साढे पाँच बजे उठ्छिन् जानकी । नित्यकर्म गरेर तीन वर्ष पुग्नै लागेको छोरालाई खाजा बनाउँछिन् । छोरालाई खाजा खुवाएर ई रिक्साको अगाडिको सिटमा सुताउँछिन् । त्यसपछि हुन्छ उनको धनगढी बजारको यात्रा । आजको अन्नपूर्ण पोष्टमा छ । धनगढीकी जानकी महरा रातो रङको ई रिक्साको अगाडिको सिटमा फलामको डन्डीले बच्चा नलड्ने गरी बनाएको एंगलमा छोरा सुताउँछिन् । त्यसमाथि तातोपानी र दूधको थर्मस छ । दिनभरको यात्रा

शिक्षण अस्पतालभित्र ४१ वर्षदेखि शव गाडिदैं, स्वास्थ्यमन्त्री भन्छन्– ‘पहिलोपटक सुनेँ’

काठमाडौं, माघ ५ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ । फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन् । ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ । सरकारले छुट्टै

लोकमान सिंह कार्कीले गरे कसैले नसोँचेको काम

काठमाडौं, ५ माघ । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् । कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो । विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले

चीनको उच्चस्तरीय टोली काठमाडौंमा, केपी ओलीसँग विशेष भेटवार्ता हुने –

काठमाडौं, ४ माघ । चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार काठमाडाैं आइपुगेको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको निमन्त्रणामा नेपाल–चीन सम्वन्ध, तिब्बत मामिला तथा पूर्वाधार विकासका विज्ञ सम्मिलित टोली ५ दिनका लागि काठमाडौं आएको हो । नेपाल–चीन थिंक ट्यांकसम्बन्धी दुईदिने सम्मेलनमा सहभागी हुन टोली आएको हो । चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यदेखि पूर्वाधार विकासमा उल्लेख्य अनुभव भएका ब्यक्ति सहभागी टोलीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ

राष्ट्रपतिको छोरीको विवाहमा १५ सयलाई निम्ता !

माघ ०३, काठमाडौं – आजको साँघु साप्ताहिकले राष्ट्रपति विद्यादेवि भण्डारीको छोरीको विवाहमा १५ सयलााई निमन्त्रण पत्र बाडिएको समाचार प्रकाशित गरेको छ । समाचारमा छ–राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुशुमको विवाहमा पूर्व महाराजा ज्ञानेन्द्रलाई निक निम्ताइयो भन्ने अर्थपूर्ण प्रश्न उठिरहेको बेला अर्को एउटा समाचार आएको छ । त्यो समाचार हो–निम्ता मान्न ज्ञानेन्द्र शाह शीतल निवास जाने भएका छन् । पूर्व महाराजा ज्ञानेन्द्र निकट स्रोतका अनुसार, उनी २०७३ माघ ३ गते सोमवार

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal