तपाईं अहिले आजका पत्रपत्रिकाबाट सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कुलमानका कारण २५ बर्षसम्म घाटामा चलेको उद्योगले महिनामै गर्यो ६ करोड नाफा

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ। यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। १० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४ सै घन्टा बिजुली पाएका कारण हाल दैनिक ६ सयदेखि ७

एक नेपाली युवा दाउदको शैलिमा हत्याकाण्डतिर

काठमाडौं, धेरै देशको खोजीमा रहेका एसियाकै खतरनाक अन्डरवर्ल्ड समूहका नाइके दाउन इब्राहिम कहाँ छन् ? कुनै देशका सुरक्षा निकायलाई थाहा छैन । मोस्ट वान्टेड रहेका उनी भूमिगत रुपमै आफ्नो धन्दा चलाइरहेका छन् । उनै दाउदको शैलीमा एक नेपाली युवा हत्या र असुलीको धन्दामा लागेका छन् । बुटवलका मनोज पुनले दाउदकै शैलीमा अन्डरवर्ल्ड चलाएर असुली धन्दा सुरु गरेको प्रहरी बनाउँछ । अन्डरवर्ल्ड चलाउनकै लागि उनले युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण तिवारीको

नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

काठमाडौँ , नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थानीय निर्वाचन मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत्लगायत क्षेत्रको विकासमा सघाउन चीन तयार रहेको बताएकी छन् । राजदूत होङले बूढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार गरेको शिष्टाचार भेटमा निर्वाचन मिति घोषणामा चीनको प्रसन्नता व्यक्त गरेकी हुन् । भेट नेपाल–चीन आपसी सहयोग र सद्भावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा केन्द्रित थियो । भेटमा देउवाले आवधिक निर्वाचन लोकतन्त्रको

सिरहामा ट्याक्टर दुर्घटनमा परि चारको मृत्यु

सिरहा : सिरहाको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ। पिप्रा प्रपी ५ को कमला नहरको किनारमा मंगलबार राति प्रित कम्पनीको अनटेष्ट ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्याना गएको छ। ज्यान जानेमा स्थानीय १८ बर्षीय रुपेश यादव, हरेराम यादव र १७ बर्षीय नितेश यादव रहेको प्रहरीले जनाएको छ। नितेशको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा ज्यान गएको हो भने दुईजनाको घटनास्थलमै ज्यान गएको जनाएको छ। त्यसैगरी, पूर्वपश्चिम लोकमार्ग

मेलम्ची सुरुङ ४ किलोमिटर मात्रै बाँकी

काठमाडौं, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न अब करिब १५ प्रतिशत मात्रै बाँकी छ । आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङको काम हालसम्म २३ किलोमिटर सम्पन्न भइसकेको र चार किलोमिटर मात्रै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । मेलम्ची खोलादेखि सुन्दरीजलम्म निर्माण हुने सुरुङको लम्बाइ करिब साढे २७ किलोमिटर छ । उपत्यकामा खानेपानीको व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा सञ्चार प्रतिष्ठान नेपालले गरेको अन्तत्र्रिmयामा भट्टराईले

मोर्चाले जनकपुरमा मधेश बन्द शुरु, जनजीवन प्रभावित

जनकपुरधाम : सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले बुधबार मधेस बन्द गरेको छ । मधेस बन्दको क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा र्याली प्रर्दशन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन्। मोर्चाका कार्यकर्ताहरुले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रर्दशन गरेको छ । मोर्चाका नेताले शान्ति पूर्ण रुपमा बन्दलाई सफल बनाउन सबै पक्षसंग आग्रह गरेका छन् । मोर्चाले

सर्वदलीय बैठकमा देउवा र ओलीबीच झण्डै हात हालाहाल !

काठमाण्डु, ११ फागुन– बैठक प्रारम्भ गर्दै प्रधानमन्त्रीले स्थानीय तह निर्वाचन मिति घोषणाका विषयमा जानकारी गराएका थिए । सरकारले घोषणा गरेको चुनावको मिति, संसद्मा रहेको संविधान संशोधन विधेयक र स्थानीय तहको संख्याका विषयमा छलफल गरी निष्कर्षमा पुग्न सर्वदलीय बैठक आह्वान गरेको उनले बताए । केही ढिला पुगेका एमाले अध्यक्ष ओलीले बोल्न थालेपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बीचबीचमा धारणा राखेका थिए । ओलीले संशोधन प्रस्ताव आफ्नो पार्टीले कुनै हालतमा अगाडि

१० वर्षमा कर्मचारीको उपचारका लागि १० करोड वितरण

काठमाडौं,सरकारले गम्भीर रोग लागेका निजामती कर्मचारी र तिनका परिवारलाई उपचारस्वरूप पाँच लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउँदै आएको छ । कर्मचारीलाई प्रोत्साहनस्वरूप सरकारले उपचार खर्च दिँदै आएको हो । आर्थिक वर्ष ०६१-६२ देखि हालसम्म सरकारले निजामती कर्मचारीलाई उपचारका लागि १० करोड ५५ लाख ६ हजार रुपैयाँ वितरण गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । विभिन्न रोग लागेका दुई सय ८८ कर्मचारीका लागि सो परिमाणको रकम वितरण गरिएको हो । सात

सरकारको नयाँ नीती,२१ वर्ष भन्दा कम उमेरकाले मदिरा किन्न नपाउने

काठमाडौं,सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ । सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग र वितरण पूर्ण रूपमा निषेध गर्ने नीतिमा उल्लेख छ । नीतिमा बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । फुटकर मदिरा

यी तीन विषयमा सर्वदलीय बेठकमा गरियो छलफल

मंगलबारको सर्वदलीय बैठकमा छलफल भएका तीन विषय । आजकोनयाँ पत्रिकामा खबर छ । १. निर्वाचन घोषणा सबैको स्वागत सरकारले ३१ वैशाखमा एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने गरी घोषणा गरेको मितिको बैठकमा सहभागी सबै दलले स्वागत र प्रशंसा गरे । सरकारले घोषणा गरेको निर्वाचनमा सबैभन्दा दह्रो साथ र सहयोग प्रतिपक्षी दलको रहने नेताहरूको भनाइ थियो । ‘सरकारलाई समर्थन गर्ने दलहरूले आगो लगाउने बताइरहेका वेला एमालेले भने निर्वाचन सम्पन्न गर्न समर्थन

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal