तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कतारमा एक नेपालीको कोठामा सुतेकै अवस्थामा मृत्यु

राजविराज, ९ फागुन – वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमडाौँबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी

युरोपले नेपालमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

काठमाडौं— परराष्ट्रमन्त्री प्रकाश शरण महतले युरोपेली परिषदका अध्यक्षसँग भेटगरी युरोपियन युनियन (ईयु) अन्तर्गतका देशले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्। बेल्जियम भ्रमणमा रहेका परराष्ट्रमन्त्री महतले यूनियनका अध्यक्ष जीन क्लाउड जुकरसँग भेट गरी उडान प्रतिबन्ध हटाउनका आग्रह गरेका हुन्। नेपाल वायु सेवा निगमले युरोपेली जहाज निर्माता एयरबसका नयाँ जहाज किनेर युरोपसम्म उडान गर्ने तयारी गरिरहेको छ। प्रतिबन्ध फुकुवा नभएसम्म निगमका जहाजले युरोप उडान गर्न सक्ने स्थिति नरहेको

युरोप र अमेरिकन देश पुर्याइदिन्छु भनेर दक्षिणपुर्वी एशियामा मानवतस्करीले अलपत्र छाडे

अमेरिका,क्यानडा,अष्ट्रेलिया,युरोपलगायत विकसित राष्ट्र पु¥याइदिने प्रलोभनमा पारी मानवतष्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पु¥याएर अलपत्र छाड्ने गरेको भेटिएको छ । नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’बनाइरहेको समेत खुलेको छ । दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपुर्वी एसियाली केही राष्ट्रले नेपालीलाई सुशल्क‘अनअराइभल’भिसा दिँदै आएका छन् त केहीले निःशुल्क ।मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याई मोटो रकम

भारतिय सेनामा रहेका नेपाली युवाको कास्मिरमा मृत्यु

म्याग्दी – भारत पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ १ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई फोनबाट बाक्लो हिमपात भइरहेको बताएको एक महिना जति भयो । भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कास्मिरको माथिल्लो भेगमा खटिएका थिए । उनले फोनमा दाजुलाई आतंकवादीको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए । हो रहेछ, उनको ज्यान हिमपहरोले नै लियो । अत्याधिक हिमपातसँगै झरेको हिमपहिरोमा परेर ज्यान गुमाएका

यी हुन् दुबईकी ‘चटपटेवाली’ नेपाली चेली, उनि भन्छिन् : इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?

१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो । तैपनि ताराले हिम्मत हारिनन् । उनले कम्पनीका मालिकलाई आफ्नो समस्या बताइन् । कम्पनी मालिक अलि उदार परेछन् र उनले दुबईमै नयाँ काम खोज्ने समय पाइन् । नयाँ कामको खोजीमा ताराले

मलेशियामा एक नेपालिको मृत्यु

वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए । उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ । यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदी अरेबियामा मृत्यु भएको थियो । दुबै मृतकका परिवारले शव नेपाल

डिभी परेर अमेरिका पुगेका नेपाली युवाको बिचल्ली

न्युयोर्क, २७ माघ । डिभी चिट्ठा परेर अमेरिका आइपुगेका एक युवक बिचल्ली परेका छन् । कास्की ढिकुरपोखरीका खेम अधिकारी अमेरिकामा अलपत्र परेका हुन् । अलपत्र भएपछि उनले १२ दिनदेखि बाल्टिमोरको कोड ब्लु सेल्टरमा आश्रय लिइरहेका छन् । उनी गत अक्टोवरमा डिभी परेर अमेरिका पुगेका थिए । निकै ठूलो ठूलो सपना देखेर अमेरिका आइपुगेका पनि उनको सपना यतिबेला तुषारात भएको छ । अमेरिका आइपुगेका अधिकारी सामान्य अपांग समेत छन् । उनले

हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त

आयान बबी, हङकङ । हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यी महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् । नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएको छ । उनी २००६ देखि २०१२ सम्म हङकङ सरकारकै जातिय सद्भाव प्रवद्धन समितिको पनि

युएईमा नर्सको कमाइ ५ लाख रुपैयाँसम्म

युएई – खाडीका विभिन्न देशहरुमध्ये नेपाली कामदारका लागि राम्रो मानिने युएईमा नेपाली नर्सले ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । विगत ६ वर्षदेखि युएईमा नर्सिङ पेशा अपनाइरहेकी काठमाडौंकी सुर्या लक्ष्मी मानन्धरले यहाँका सरकारी अस्पतालमा नर्सका लागि राम्रो अवसर रहेको बताइन् । उनका अनुसार यहाँका अस्पतालमा काम गर्नका लागि दुबई हेल्थ अथोरिटी वा अवुधावीमा भए त्यहाँको यस्तै संयन्त्रको लाइसेन्स लिनुपर्छ । जुन अनलाइन फर्म भरेर नेपालबाटै दिन मिल्ने उनले बताएकी छिन्

लेबनानमा कार्यरत नेपालीलाई विभिन्न बहानामा धमाधम नेपाल फर्काइँदै

काठमाडौं । घरेलु कामदारको रुपमा लेबनानमा कार्यरत नेपालीलाई विभिन्न बहानामा नेपाल फिर्ता गरेपनि न्यायका लागि चासो नदेखाएको भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सरकारको ध्यानाकर्षण गराएको छ । लेबनानमा कार्यरत महिलाहरुलाई न्यूनतम सेवा सुविधाको माग गर्दा झुट्टा मुद्धा लगाएर नेपाल फर्काएको भन्दै क्षतिपूर्तिका लागि पहल गर्न जिफन्टले सरकारको ध्यानाकर्षण गराएको हो । लेबनानमा काम गर्दै आएका रोजमाया लिम्बु र सुजना रानालाई अन्तर्राष्ट्रिय कानुन लेबनानको घरेलु श्रमिक सम्बन्धी कानुन अनुसार सेवा

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal