तपाईं अहिले राजनीती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

निर्वाचनका लागि तयारीमा जुट्नुस्ः गृहमन्त्री निधि

सप्तरी-उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताएका छन् । सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई बिहीबार निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिए । विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।उनले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील

बाबुरामलाई कस्तो आपत, बाबुरामको नयाँ शक्तिले झण्डा र चुनाव चिन्है फेर्नु पर्ने भयो

काठमाडौँ, ६ माघ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह र झन्डा फेर्ने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता गराएको चुनाव चिन्ह र झण्डामा विवाद भएपछि परिवर्तन गर्न लागिएको एक नेताले जानकारी दिए । चुनाव चिन्ह र झण्डा फेर्नेबारेमा छलफल गर्नका लागि आज १२ बजे पार्टीको राजनीतिक समिति र काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारीणि सदस्यहरुको बैठक बस्दैछ । पार्टीको उच्च स्रोतका अनुसार आजकै बैठकबाट यसबारे निर्णय हुने सम्भावना

सरकारमा जाने होइन मन्त्री फिर्ता बोलाउन सक्छौं: राप्रपा

६ माघ, काठमाडौं । सत्तारुढ प्रमुख तेस्रो दल राप्रपाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक परिमार्जन नभए सरकारमा भएका दुई मन्त्रीलाई पनि फिर्ता बोलाउने चेतावनी दिएको छ । प्रधानमन्त्री प्रचण्डले एक सिट सांसदलाई मन्त्री बनाउने निर्णय गरेपछि राप्रपाले यस्तो चेतावनी दिएको हो । प्रचण्डले साना एक सिटे सांसदलाई मात्र समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्न थालेकोप्रति सत्तासाझेदार दल राप्रपाले असन्तुष्टि जनाएको छ । सरकारमा सहभागी हुनको लागि राप्रपाका अध्यक्ष कमल

एमालेजनहरु धेरै नउफ्रिए हुन्छ, एमालेको हालत चुनावमा देखिन्छः सञ्चारमन्त्री

दाङ, ५ माघ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले राजनीतिक सहमतिमा केही दिनभित्रै चुनावको मिति घोषणा हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा मन्त्री कार्कीले भने– ‘अब सहमतिको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, एक साताभित्रै निर्वाचन घोषणा हुन्छ ।’ ‘एमालेको हालत चुनावमा देखिन्छ’ मिडियाले उक्साहटमा लागेर हौसिँदा माओवादी तेस्रो स्थानमा खुम्चिएको चर्चा गर्दै मन्त्री कार्कीले अहिले हौसिएको एमालेको हविगत

कांग्रेसलाई झट्काः महासमिति सदस्य आचार्यले पार्टी छाडे

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका महासमिति सदस्य वासुदेव आचार्यले पदबाट राजीनामा दिएका छन् । र, पार्टी समेत परित्याग गरेका छन् । अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ९ निवासी आचार्यले पुस १५ गते राजीनामा पार्टी नेतृत्वलाई बुझाएको र सोही मितिदेखि लागु हुनेगरी सभापति शेरबहादुर देउवाले बुधबार (आज) राजीनामा स्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । उनका अनुसार आचार्यको पुस १५ गतेदेखि नै

संगठित अपराधमा आतंककारीहरु प्रविधिको प्रयोगमा अगाडी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरदेशीय र संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।बुधबार राजधानीमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसिया प्यासिफिक सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको समयमा अन्तरदेशीय अपराध र संगठित अपराध सबैको लागि चुनौती हो, यसको नियन्त्रण कुनै देश वा क्षेत्र विशेषलेमात्रै गर्न सक्दैन ।’ प्रधानमन्त्री प्रचण्डले आतंककारीहरु प्रविधिको प्रयोगमा निक्कै अगाडी रहेको भन्दै अन्तरदेशीय र संगठित अपराध नियन्त्रण

बहस, संबाद, र छलफल गरेर निकास खोज्नुपर्ने बेलामा सहमति भन्दा झगडमा मजा मान्छन् शीर्ष नेता

काठमाडौं –मुलुकका राजनीतिक दलहरुवीच सहमतीय राजनीतिको खडेरी परेको छ । बहस, संबाद, र छलफल गरेर निकास खोज्नुपर्ने बेला प्रमुख राजनीतिक दलका नेताहरु पछिल्लो समय एकले अर्कोलाई खुइल्याउने मञ्च खोजेर हिंडेका छन् । सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरु सहमति र सम्बाद गर्नुको साटो दिनहुँ अर्को पार्टी र तिनका नेताहरुलाई गालिगलोज गर्नमै समय खर्चने प्रवृतिको विकास गर्दैछन् । त्यतिमात्र होइन, कतिपय शीर्ष नेता त राजाको काम छोडी ……खै केको देवाली भनेजस्तै सामान्य

आजदेखि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा जनमत बनाउन नयाँ शक्तिको हस्ताक्षर अभियान शुरु हुँदै

काठमाडौं, ५ माघ । नयाँ शक्ति नेपालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि दवाव दिन हस्ताक्षर अभियान शुरु गर्ने भएको छ । अभियानको उद्घाटन आज पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गर्नेछन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यकारीणी सदस्य अरुणा रायमाझीका अनुसार दिउँसो बजेर ३० मिनेट जाँदा पार्टी संयोजक भट्टराईले यो अभियानको उद्घाटन गर्नेछन् । यो अभियानसँगै घर–घरमा नयाँ शक्ति अभियानको पनि शुरु हुने उनले बताइन् । अभियान ६ महिनाको हुनेछ । नेत्री

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा चुनाव सम्भावना टर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्थाअनुसारका तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ‘भद्र सहमति’ अनुसार दाहालको प्रधानमन्त्री भोग वैशाख मध्यसम्म मात्रै छ। नयाँ संविधानप्रति विमति जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति जुटाउने नाममा प्रतीक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो । ‘भद्र सहमति’ पालना भए चुनाव कांग्रेसको नेतृत्वमा मात्रै हुन सक्ने संकेत देखिएको खबर आजको

प्रचण्डलाई अर्को झड्काः सत्तारुढ दलकै ६ सांसद ओलीको लाइनमा, को-को छन् ?

काठमाडौं, ४ माघ । नेपाली कांग्रेस र नेकपा माओवादीसहितका सत्तारुढ दलका ६ सांसदले संविधान संशोधन विधेयक असफल पार्न लागिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिने भएका छन् । पाँच नम्बर प्रदेश टुक्राउने गरी आएको संशोधन विधेयक असफल पार्नकै लागि उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श समेत गरेका छन् । यसैक्रममा मंगलबार (आज) नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि ओलीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal