तपाईं अहिले राजनीती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

म काठमाडौं क्षेत्र नम्बर ४ बाट मात्र होइन देशभरी जहाँबाट पनि चुनाव लड्न सक्छु : रेखा थापा

रेखा थापासँग बुधबार बिहान टेलिफोनमा कुराकानी गर्दा उनको ठूलो चासो थियो– ‘धेरै बेर फोन व्यस्त राख्यो भने कार्यकर्ता रिसाउने पो हुन् कि?’ उनको यो चासो र चिन्ता जायज हुनसक्छ। आखिर उनी अब नेपाली चलचित्रकी चर्चित अभिनेत्री मात्र कहाँ रहिन् र! चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नवनिर्वाचित केन्द्रीय सदस्यसमेत बनेकी छन्। उनी राप्रपाको एकता महाधिवेशनमा १ हजार ६ सय ३ मत पाएर बुधबारै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले निर्वाचनका लागि संविधान संशोधन र सर्वपक्षीय सरकार आवश्यक भएको

काठमाडौं– नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्वाचनका लागि संविधान संशोधन र सर्वपक्षीय सरकार आवश्यक भएको बताएका छन्। डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्। ‘त्यसका लागि सर्वपक्षीय सरकार अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ। बुधबार बसेको पार्टीको बैठकपछि एक बक्तव्य जारी गर्दै संयोजक डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका

संविधान संशोधन प्रस्तावमाथि छलफल हुँदा संसदमा एमालेले विरोध गर्ने, आवेशमा नअाउन ओलीको निर्देशन

काठमाडौं- नेकपा एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने भएको छ। संसद सुरु हुनु भन्दा अगाडी बसेको पार्टीको संसदीय दलको बैठकले प्रस्तावको सालिनतापूर्वक विरोध गर्ने निर्णय गरेको छ। अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर संवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने निक्र्योल हुनेबारे जानकारी गराएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिए। ‘संशोधन विधेयकको सालिनतापूर्वक विरोध गर्छौ’, एमाले

विमलेन्द्र निधिको क्षेत्रमा एमाले प्रवेश गर्नेको लहर, सयौं कार्यकर्ता पार्टी प्रवेश

जनकपुर, ११ फागुन । उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको निर्वाचन क्षेत्रमा एमाले प्रवेश गर्नेको लहर चलेको छ । यसैक्रममा मंगलबार जनकपुर पुगेका एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका सयौं कार्यकर्तालाई पार्टीमा स्वागत गरे । धनुषा क्षेत्र नम्बर ३ वर्तमान गृहमन्त्री बिमलेन्द्र निधिको निर्वाचन क्षेत्र हो । निधिको गढ मानिने क्षेत्र

लोकमानले दर्साए विदेश जानुका कारण

काठमाडौं, अख्तियार प्रमुख रहँदा सयौं ‘ठूला’हरुको निदहराम गराएका लोकमानसिंह कार्की पदबाट हटेलगत्तै लुसुक्क विदेशतिर किन लागे होलान् ? धेरैलालई लाग्न सक्छ, उनीमाथि जे जस्तो अभियोग लगाइयो त्यसबाट केही लाज भएर हिँडेका हुन् ।कसैलाई यो पनि लाग्न सक्छ कि अब जीवनको उत्तराद्र्ध धर्मकर्ममा लागेर बिताउने निर्णय गरेका हुन सक्छन् तर, यथार्थ भने अर्कै रहेछ । उनी नेपाल बस्दा सुरक्षा सुविधा मागेको तर नपाएको स्थिति रहेछ । प्राप्त सूचनाअनुसार सर्वोच्चले पदपुक्त गर्न

मधेसमा एमालेलाई निषेध गर्ने मोर्चाको घोषणालाई चुनौती दिँदै एमालेद्धारा मधेसमा शक्ति प्रदर्शन

जनकपुरधाम, १० फागुण।  मधेसी मोर्चाको ‘एमालेमुक्त मधेस’ बनाउने घोषणालाई चुनौती दिँदै स्थानीय चुनाव घोषणा भएको भोलिपल्टै मंगलबार बिहानै एमालेले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ। मोर्चाको असहमतिकैबीच सरकारले सोमबार राति ३१ वैशाखमा चुनाव गर्ने निर्णय गरेपछि राति नै मोर्चाले बुधबार मधेस बन्दको घोषणा गरेको छ। मधेसमा एमालेलाई निषेध गर्ने मोर्चाको घोषणालाई चुनौती दिँदै एमालेले मधेस राजनीतिको केन्द्र जनकपुरमा शक्ति प्रदर्शन गरेको हो। जनकपुरमा मंगलबार बिहानै एमाले नेता-कार्यकर्ताले ठूलो संख्यामा मोटरसाइकल र्‍याली

निर्वाचन घोषणापछि प्रचण्डसँग भारत फायर, यस्तो आयो प्रतिक्रिया

काठमाण्डु, १० फागुन– मन्त्रिपरिषदले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक पारो तातेको छ । मधेसी मोर्चा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन कुनै हालतमा हुन नदिने भन्दै आन्दोलन घोषणा गरेका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डले निर्वाचन घोषणा गरेकामा दक्षिण छिमेकी भारत क्रुद्ध बनेको छ । मधेस समस्या समाधान गर्न मधेसीकै सहयोगमा बनेको सरकारले समस्या यथावत राखेर निर्वाचन घोषणा गरेको भन्दै भारत चिढिएको स्रोतले बतायो ।

वरिष्ठ नेता माधवकुमार नेपाल भन्छन्,-निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।” व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भन्नुभयो – “सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ,

जबरजस्ती चुनाव गराउन खोजिए प्रतिकार गर्ने फोरम नेपालको चेतावनी

काठमाडौं -संघीय समाजवादी फोरम नेपालले सरकारले घोषणा गरेको चुनाव मान्य नभएको भन्दै कडा विज्ञप्ति जारी गरेको छ । मधेशी मोर्चाले चुनावविरुद्ध आन्दोलन घोषणा गरेको भोलिपल्टै संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गराउन माग गर्दै जबरजस्ती चुनाव गराउन खोजिए प्रतिकार गर्ने फोरम नेपालले चेतावनी दिएको छ । ‘अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारद्वारा संसद्मा आफैले दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई हामीसँग गरेको सहमति अन्ुरूप परिमार्जन सहित पारित नगरी स्थानीय निर्वाचन घोषणा गरेको

मधेसी मोर्चाले गर्यो सर्बदलीय बैठक बहिस्कार गर्ने निर्णय

काठमाडौं । १५ दिनपछि बस्न लागेको संसद बैठक स्थगित हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने भएको छ । वैशाख ३१ मा स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका छन् । तर, मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गर्ने सहमति भएको जनाइएको छ ।

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal