तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

१५ हजार आइएस लडाकु एसियाको गम्भीर चुनौती

एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट आतंकवादी गतिविधिमा संलग्न हुन सक्ने उनीहरूको चिन्ता छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलनको १५ हजार लडाकुले निम्त्याउन सक्ने सुरक्षा जोखिमलाई छलफलको प्रमुख विषय बनाइएको छ

९ देश चिर्दै चीनको रेल पहिलो पटक बेलायत पुग्यो

काठमाडौँ – चीनबाट बेलायतका लागि शुरु गरिएको मालबाहक रेल सेवा अन्तरगत पहिलो रेल बेलायत पुगेको छ । करिब १२ हजार किलोमिटरको दुरी तय गरेर रेल बुधबार च्यानल टनेल पुग्नेछ । चीनको यीवु टाइमेक्स इन्डसट्रियल इन्भेस्टमेन्ट कम्पनीले शुरु गरेको सेवा विभिन्न ९ देश हुँदै १८ दिनपछि बेलायत पुगेको हो । रेल पूर्वी चीनको झेजियाङ प्रान्तबाट छुटेको थियो । यो रेल सेवा कजाकस्तान, रसिया, बेलारुस, पोल्याण्ड, जमर्नी बेल्जियम, फ्रान्स र च्यानल टनेल

‘चिनियाँ राष्ट्रपतिले प्रतिपादन गरेको अवधारणाबाट नेपालको पाँच क्षेत्रमा फाइदा हुने’

काठमाडौँ, ५ माघ । नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सहयोग एवम् सहकार्यका लागि पारस्परिक विश्वास अपरिहार्य भएको नेपाल र चीनका विद्वत् वर्गले बताएका छन् । चिनियाँ समाचार समिति (सिन्ह्वा) र चीनको हुवेइ विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले यहाँ आयोजना गरेको दुईदिने ‘चीन-नेपाल विद्वत् समूह सम्मेलन’ को दोस्रो दिनको छलफलमा उनीहरुले आपसी विश्वास र साझेदारी प्रवद्र्धनमा जोड दिएका हुन् । नेपाल–चीन सम्बन्ध र ‘एक क्षेत्र, एक मार्ग’ अवधारणाप्रति कार्यपत्र प्रस्तुत गर्दै सिचुवान

सन् २०१६ मा १५० बढीलाई मृत्युदण्डपछि साउदीमा सन् २०१७ को पहिलो मृत्युदण्ड दिइयो

रियाद – विश्वमा नै धेरै मृत्युदण्ड सुनाउने देशमध्ये पर्ने साउदी अरेबियामा मंगलबार सन् २०१७ को पहिलो मृत्युदण्ड दिइएको छ । सन् २०१६ मा यस्ता १५० भन्दा मृत्युदण्डको सजाय सुनाइएको थियो । विवादका क्रममा एक व्यक्तिको गोली हानी हत्या गरेका मोहदु अल अन्जलीलाई अधिकारीहरुले मृत्युदण्ड दिएको गृहमन्त्रालयले जनाएको छ । उनलाई इराकको नजिकै रहेको अरार सहरमा मृत्यु दण्ड दिइएको थियो ।तरवारले टाउको काटेर मृत्युदण्ड दिइनु साउदीका लागि सामान्य हो । एएफपीका

पतिसँग यौनसम्पर्क नराख्न महिला सांसद्को अपिल, यस्तो छ कारण

केन्या – केन्याकी एक सांसद्ले महिलाहरुलाई आफ्नो पतिसँग यौनसम्पर्क नराख्न अपिल गरेकी छिन् ।आगामी ८ अगस्तमा हुने चुनावका लागि मतदाताको रुपमा आफ्नो पञ्जिकरण नगरेसम्म पतिहरुलाई सेक्सबाट बञ्चित गर्न आग्रह गरेकी हुन् । यस्तो अपिल गर्ने मिशि मबोको तटीय शहर मोम्बासामा महिला प्रतिनिधि हुन् ।मबोले भनिन्, ‘महिलाहरुले यो रणनीति अपनाउनुपर्छ । यो नै सबैभन्दा उत्तम हो । तपाइँलाई पतिले आफ्नो मतदाता कार्ड नदेखाएसम्म पतिलाई यौनसम्पर्क गर्न नदिनु ।’ १७ फेब्रुअरी पञ्जिकरणको

दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’

दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो। तर, गरिबीका कारण चीन संकटमा थियो। नेपालजस्तो चीन सुगमभूमि होइन। जाडोमा अत्यन्त जाडो, गर्मीमा अत्यन्त गर्मी रहने चिनिया जनताले सशक्त देशभक्त नेतृत्व पाएपछि उक्त देश अहिले बलेको छ। घरघरमा जाडोका लागि कोठाकोठामा तातो हिटरको व्यवस्था र गर्मीमा एयरकन्डिसनको व्यवस्था

१६ वर्षदेखि एकअर्कालाई मार्ने प्रयासमा छन् अक्षयका पति-पत्नी? (भिडियो)

मंगलबार अक्षय कुमारले बिबाह गरेको १६ वर्ष पूरा भएको छ। उनले सन् २००१ मा सुपरस्टार राजेश खन्नाकी छोरी ट्विङ्कल खन्नासँग लगनगाँठो कसेका थिए। १६ वर्ष पूरा भएको सन्दर्भमा ट्विङ्कलले आफ्ना पति उनको ‘अपराधका साथी’ भएको बताएकी थिइन्। ट्विटरमा एक भिडियो सेयर गर्दै उनले १६ वर्षदेखि दुईजना नै एकअर्कालाई मार्न लागिपरेको तर हालसम्म पनि सफलता हात नपरेको भन्दै क्यापसन लेखेकी छन्। उनले बिबाहको १६ वर्ष पूरा भएको अवसरमा यस्तो ठट्टा गर्दै

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको मुद्धा दायर

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यौन दुव्र्यवहारको आरोपमा मुछिएका छन् । ट्रम्पको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्धा दर्ता गरिएको छ । एक ४१ वर्षीया समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन् । रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुर्व्यवहार गर्ने ट्रम्पविरुद्ध मान हानीको मुद्दा दायर गरेको जानकारी दिएकी हुन् । ट्रम्पले आफूमाथि सन् २००७ मा यौन दुर्व्यवहार गरेको जर्वासको भनाई

रुसले गर्यो जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण

मस्को, ४ माघ । रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखाडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । ूगृहनिर्मित तोपोल–एम आइसिबिएम क्षेप्यास्त्रको क्षमता, शक्ति तथा विश्वसनीयता पहिलेकै अवस्थाको जस्तो छ, छैन भन्ने पुनर्पुष्टि (रिकन्फर्मेसन) गर्ने

चन्द्रमाका अन्तिम यात्री जीन सर्ननको निधन

वाशिंटन–अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी चन्द्रमामा जाने अन्तिम व्यक्ति थिए। अमेरिकी स्पेस एजेन्सी नासालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार क्याप्टेन सर्जन ती तीन जना अन्तरिक्ष यात्री मध्ये एक जना थिए, जो दुईपटकसम्म चन्द्रमामा पुगेका थिए भने, १९७२ मा चन्द्रमाको धरातल छोड्ने अन्तिम व्यक्ति थिए। सर्ननले आफ्नो अन्तिम सन्देशमा भनेका थिए,‘हामी जसरी आयौं, त्यसरी नै जाँदैछौं। भगवानको कृपा भयो भने हामी सबैकालागि शान्ति र

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal