तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ट्रम्पलाई पछि पार्दै मोदी बने विश्वकै टप नेता

एजेन्सी, ११ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक संजाल फेसबुकमा टप नेता बनेका छन् । अमेरिकामा पब्लिक रिलेसन एन्ड कम्युनिकेसन फर्म बर्सन मार्सटेलरको एक रिपोर्ट अनुसार प्रधानमन्त्री मोदी फेसबुकमा सबै भन्दा बढी फलोअर्स भएको नेता बनेका हुन् । फेसबुकमा मोदीलाई लाइक गर्नेको संख्या अझै बढी रहेको बीबीसीले जनाएको छ । मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत पछि पारेका छन् । ट्रम्प भने फेसबुकमा टप नेताको दोस्रो नम्बरमा रहेका छन्

राष्ट्रपतिले आफ्नै श्रीमती उपराष्ट्रपतिमा नियुक्त गरे

अजरबैजान – अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेको खबर आजको नागरिकमा छ । अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो । यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैर नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत रहिसकेकी ५२ बर्षीया प्रथम महिला मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेको समाचार एजेन्सी एपीले जनाएको छ

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासी सम्बन्धी ट्रम्प प्रशासनको नयाँ रणनीति अघि बढ्यो / १ करोड १० लाख आप्रवासी प्रभावित

फाल्गुन ११,  अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रबासीलाई देशनिकाला गर्ने प्रक्रियालाई ट्रम्प प्रशासनले तत्काल कार्यन्वयन गर्ने नयाँ रणनिति अघि बढाएको छ । आप्रवासीलाई हटाउने यसअघिका निर्णयलाई संघीय अदालतले खारेज गरेपछि ट्रम्प प्रशासनले फेरि नयाँ रणनीति लागु गर्न लागेको हो । जसअन्तर्गत पहिलो चरणमा आवश्यक कागजपत्र नभएका, आपराधिक कार्यमा संलग्न र साधारण ट्राफिक नियम उलङ्घन गर्ने तथा चोरीसम्बन्धि मुद्दामा पक्राउ पर्नेहरु समेतलाई देशनिकाला गरिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई

नेपालीहरुले समेत युरोप आउन प्रयोग गर्ने लिबियाको समुद्री किनारमा भेटियो ७४ लास

लिबियाको समुद्री किनार जावियामा एक्काइस तारिख मँगलबार बिहान ७४ जनाको लास भेटिएको छ। लिबियाको रेडक्रसका प्रवक्ताले लास भेटिएका तस्वीरहरु सार्वजानिक गरेको कुराको तत्काल अनुगमन गरेपछि अन्तराष्टिय शरणार्थी उच्चायोगको लिबिया हेर्ने शाखाले पनि यसको पुष्टि गरेको छ। हेक्का राख्नुपर्ने कुरा के छ भने, यो बाटो प्रयोग गरेर १६ जना नेपालीहरु गत वर्ष इटाली प्रवेश गरेका थिए। इटाली सरकारको शरणार्थी हेर्ने शाखाले लिएको बयानमा लिबियाको मेडिटेरिएन किनार जाबियाको बाटो हुँदै मानव तस्करहरुले

एउटा यस्तो देश जहाँको राष्ट्रपति नै ‘हत्याराको गिरोह’को कमाण्डर 

एजेन्सी: राष्ट्रपति पद कुनै पनि देशको लागि उच्च र विशिष्ट पद मानिन्छ। त्यो देशमा कानूनले सबैलाई बराबरी नजरले हेरेको हुन्छ। तर एउटा यस्तो देश जहाँको राष्ट्रपति नै ‘हत्याराको गिरोह’ चलाउँदै आएको खुलासा भएको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेमाथि ‘हत्यारा गिरोह चलाउने’ आरोल लागेको छ। उनले अपराधीलाई मार्नको लागि प्रहरी र हत्यारालाई पैसा दिने गरेको खुलासा भएको छ। फिलिपिन्सका एक पूर्व प्रहरी अधिकृत आर्थर लेसकेशनले उनीमाथि यस्तो आरोप लगाएका थिए। उनका

अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागु, एक करोड भन्दा बढि निशानामा

काठमाडौं, ११ फागुन – अन्तत अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू भएको छ । राष्ट्रपति ट्रम्प प्रशासनले गैह्र कानुनी रुपमा बस्दै आएका र आपराधिक गतिबिधिमा संलग्न भएका गैह्र आवासीयलाई देश निकाला गर्ने नयाँ नियम लागु गरेको हो। यसका अलवा अब ट्राफिक नियम पालना नगर्ने, चोरीको घटनामा संलग्न जो कोही पनि यसको निशानामा पर्ने भएका छन् । यो नयाँ नियम लागु भएसँगै एक करोड १० लाख आप्रवसी नागरिक प्रत्यक्ष

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई निकाला गर्ने दायरा विस्तार

अमेरिका ,फागुन ११, अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाउनुका साथै १० हजार अध्यागमन कर्मचारीहरु नियुक्त गर्न लागिएको अधिकारीहरुले बताएका छन्। नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप ५ हजार जनाको नियुक्ति गरिनेछ। राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाबाट उनीहरुकै देश फर्काइनुपर्ने आप्रवासीहरुको दायरा विस्तार गर्ने समेत निर्णय गरेको छ। विश्लेषकहरुले उक्त अवधारणा अन्तर्गत अमेरिकामा रहेका १ करोड १० लाख मध्ये अधिकांश गैरकानूनी ढंगले बसिरहेका आप्रवासी गिरफ्तारीमा पर्न

पाकिस्तानी अदालतममा तालिवान आत्मघाती बम आक्रमण, सातको मृत्यु

पाकिस्तान । उत्तरी पाकिस्तानमा मङ्गलबार एक स्थानीय अदालतममा तालिवान आत्मघाती बम आक्रमणकारीहरूले शृङ्खलाबद्ध रूपमा गरेको हमलामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणको पाकिस्तानी तालिवानसँग आवद्ध जमात उल अहरार (जेयूए) ले दाबी गरेको छ । यसै समूहले गत हप्ता लाहोरमा गरेको आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको थियो । यस महिनाको सुरुमा पाकिस्तानको न्यायालयलगायत अन्य क्षेत्रमा आक्रमण गर्ने यस आतङ्ककारी समूहले दाबी गरेका थिए । आज भएको आक्रमणमा

संसारका ७ देश – जहाँ पानी भन्दा पनि सस्ताेमा पाइन्छ पेट्राेल

एजेन्सी । भेनेजुयला : भेनेजुयला विश्वमै पेट्रोल सस्तो पाइने देश हो । तपाईले कल्पना पनि गर्नुु भएको छैन शायद यहाँ एक लिटर पेट्रोलको मुल्य एउटा सस्तो चक्लेट जति मात्र छ । अर्थात रु २.१८ पैसामा यहाँ एक लिटर पेट्रोल प्राप्त गर्न सकिन्छ । कुवेत : कुवेतमा पनि पेट्रोल एकदमै सस्तो दाममा पाईन्छ । नेपालमा २२ रुपैयाले मिनिरल वाटरको एक बोटल पाइन्न भने, कुवेतमा २२ रुपियाको एक लिटर पेट्रोल खरिद गर्न

अमेरिका कठीन भएपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी ओइरिए, अवसर र चुनौती बराबर

अस्ट्रेलियामा बढ्यो चहल पहल, गच्छे अनुपातको शैक्षिक सेवा उच्च अध्यनको आकर्षक केन्द्र हो अस्ट्रेलिया । राष्ट्रपति ट्रम्पले अमेरिकामा रेड कार्ड देखाउन थालेपछि नेपाली मात्र होइन दक्षिण एसियानै अहिले अस्ट्रेलियातिर सोझिएको छ। गतिलो शैक्षिक गन्तब्य र कमाउ थलोको रुपमा परिचित बनेको अस्ट्रेलियामा विद्यार्थीको ओइरो लाग्न थालेपछि यँहाका शैक्षिक परामर्श केन्द्रसँगै कलेजहरुको चहल पहल पनि बढेको छ। एनआरएन अध्यक्ष शेष घलेले मेलवर्न इन्सिच्यूट अफ टेक्नोलोजी (एमआइटी) खोलेर बाटो देखाएपछि अहिले अष्ट्रेलियामा एक

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal